June 29th, 2018

जनप्रिय बहुमुखि क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकमा जागीर !!

मुक्तिनाथ विकास बैंक लिमिटेड र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विचमा मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक वावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमले  हस्ताक्षर गरेका छन् ।                       

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए/विविएस/एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय भएको छ । यसबाट शैक्षिक बेरोजगारीको उचित र सहि व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष विश्वस्त रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]