June 29th, 2018

संघीय संरचनामा केन्द्रीय बैंक कसरी जाने ?  हेर्नुहोस्, अमेरिकाको वित्तीय प्रणाली

रुपा कोइराला । संयुक्त राज्य अमेरिकामा ५० वटा प्रदेश रहेका छन् । यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भ सिस्टम हो । १९०७ को बैंकिङ संकटपछि आएको फेड रल रिजर्भ ऐनअन्तर्गत फेडरल रिजर्भ सिस्टमको स्थापना १९१३ मा भएको थियो । मुलुक संघीयतामा गइसकेपछि कांग्रेसले ग्लास स्टेगल एक्ट, द बैंक होल्डिङ कम्पनी एक्ट, द फेडरल रिजर्भ रिफर्म एक्ट, द ग्राम लिच ब्लिली एक्ट र द डड फ्रांक एक्ट जस्ता थुप्रै ऐम कानुनहरुको निर्माण गरी पद तथा जिम्मेवारीको बाँडफाँड संघीयताअनुसार गरेको थियो । 

बैंकिङ प्रणाली र अर्थतन्त्रको स्थिरतालाई कायम राख्नका लागि फेडरल रिजर्भले थुप्रै कदमहरु चालेको छ । अमेरिकाको मौद्रिक नीति सार्वजनिक गर्ने, बैंकहरुको नियमन गर्ने र अमेरिकी सरकारलाई वित्तीय प्रणाली विकासमा सघाउ पुर्याउने काम फेडरल रिजर्भले गर्दै आएको छ । फेडरल रिजर्भलाई स्वतन्त्र अंग भनिए तापनि यसले लिएका निर्णयहरु राष्ट्रपति अथवा कांग्रेसले सिधै स्वीकार गर्दैन । त्यसबीचमा थुप्रै सल्लाह त था सुझाव संकलनका साथमा विभिन्न अंगहरुबीच सहकार्य हुन्छ । 

फेडरल रिजर्भ बोर्ड
फेडरल रिजर्भ सिस्टम गभर्नरहरु र अध्यक्ष सम्मिलित समितिद्धारा गरिन्छ । यो समितिमा अध्यक्षसहित अमेरिकी राष्ट्रपतिद्धारा चुनिएर संसदबाट स्वीकृत भएका सात सदस्य रहन्छन् । यी सदस्यहरुले फेडरल ओपन मार्केट कमिटि (एफएमओसी) मा रहेर काम गर्छन् । एफएमओसी र फेडरल रिजर्भ बोर्डको कार्य तथा उत्तरदायिात्व लगभग उस्तै हुन्छन् । समितिले छुट दर र रिजर्भ आवश्यकता जस्ता केही महत्वपूर्ण नीतिहरु बनाउँछ । 

फेडरल ओपन मार्केट कमिटि (एफएमओसी)
एफएमओसीले मौद्रिक नीति तयार गर्छ । यो समितिमा फेडरल रिजर्भ बोर्डका सात सदस्यका साथमा रिजर्भ बैंकमा अन्य पाँच प्रमुखहरु रहन्छन् । यसममध्ये एक जनाको स्थान हरेक एक वर्षमा परिवर्तन हुन्छ । उक्त कमिटिमा न्युयोर्क फेडरल रिजर्भ बैंकका प्रमुखको भने स्थायी स्थान रहेको छ । उक्त कमिटिका वार्षिक वैठकहरु सर्वसाधारणका लागि बन्द गरिएका छन् । यद्यपि, बैठक पछि वैठकमा भएका मूख्य निर्णयहरु भने सार्वजनिक गरिन्छ ।

फेडरल रिजर्भ बैंकहरु
अमेरिकामा १२ वटा क्षत्रीय रिजर्भ बैंकहरु रहेका छन् जसले मुद्रा प्रदाय र फडरल रिजर्भको नीति कार्यान्वयनमा मद्दत गर्दछन् । यी बैंकहरु एट्लान्टा, बोस्टन, सिकागो, क्लिभल्याण्ड, डल्लास, केन्सस सिटी, मिन्निपोलिज, न्युयोर्क, फिलाडेल्फिया, रिचमण्ड, सेन्ट लुइस र सान फ्रान्सिसकोमा रहेका छन् । सम्पत्तिका हिसाबले १२ वटामध्ये न्युयोर्क फेडरल रिजर्भ सबैभन्दा ठूलो रहेको छ ।

फेडरल रिजर्भ बैंकहरु संघीय मुद्राको संचितकर्ता एवम् सरकारी कारोबारको भुक्तानी एजेन्टका रुपमा काम गर्छन् । अमेरिकाका कमर्सियल बैंकहरुमा मुद्रा वितरण गर्ने, साना सदस्य बैंकहरुलाई कर्जा दिने र आआफ्नो क्षेत्रका कमर्सियल बैंकहरुको नियमन गर्ने काम यी बैंकहरुले गर्दछन् । 

फेड अपरेसन
फेडरल रिजर्भ बोर्ड (फेड)ले खुला बजार संचालन जस्तै, सरकारी धितोपत्रको किनबेच मार्फत मुद्रा प्रदाय परिवर्तन गर्न सक्छ । फेडले मुद्रा प्रदाय बढाउन चाहेमा बजारमा गएर बैंक्हरुबाट विभिन्न बण्डहरु खरिद गर्छ । यसबाट प्राप्त नगद बैंक्हरुले कर्जाको रुपमा प्रवाह गर्न पाउँछन् । त्यस्तै, बजारबाट रकम प्रशोचन गर्नुपरेमा सोही फण्डहरु विक्री गर्ने गर्दछन् ।

दोस्रो कुरा, फेडले बैंकहरुको जगेडाकोषको आवश्यकतालाई पनि बदल्न सक्छ । बैंकहरुले जगेडाको रुपमा निक्षेपको कति प्रतिशत होल्ड गरेर राख्छन् भन्ने कुरामा मुद्रा प्रदाय निर्भर गर्दछ । बैंकहरुमा जगेडा बढ्दा मुद्रा प्रदाय घट्छ भने बैंकहरुमा जगेडा घट्दा मुद्रा प्रदाय बढ्न जान्छ । बैंकहरुले अनमति भएजति सबै रकम सँधै कर्जाको रुपमा प्रवाह गर्दैनन् । यद्यपि, रिजर्भ रिक्वायरमेन्टको फेरबदलका कारण बैंकिङ क्षेत्रमा अस्थिरता पैदा हुन सक्छ । त्यसैले, यो अधिकार फेडले समान्यतयाः प्रयोग गर्दैन ।

यसबाहेक, फेडरल रिजर्भले व्उाजदरका माध्यमबाट पनि मुद्रा प्रदायलाई प्रभाव पार्न सक्छ । फेडले प्रत्यक्ष रुपमा कुनै ऋणी व्यक्तिले कर्जा लिनका लागि लाग्ने शूल्क तोक्दैन तर व्याजदरमार्फत लिन्छ । फलस्वरुप, फेडले व्याजदर बढाउँदा उक्त व्याजदरले फेडरल रिजर्भको मातहतका सबै बैंकहरुलाई काम गर्छ । विशेषगरी उच्च कर्जा दर र न्युन कर्जा अभ्यासलाई यसले प्रभाव पार्दछ ।

फेडले आवश्यक परेमा बैंकिङ प्रणालीका लागि ऋणीको भूमिका समेत निभाउँछ । साथमा नियामक र तथ्यांक संकलन र विश्लेषकको काम पनि गर्छ ।

फेड सिस्टमका बारेमा तर्कवितर्क
फेडरल बैंकको वैधता र उपयोगिता सर्वमान्य छैन । राष्ट्रिय बैंकको वैधानिकताका विषयमा सँधै विवाद हुने गरेको छ । साथमा संघीय सरकारले उक्त बैंकमार्फत अर्थतन्त्रको योजना बनाउने र नियन्त्रण गर्ने विषयमा पनि बहस हुने गरेको छ । इतिहासदेखि नै केही फेड नीतिहरुमाथि बारम्बार आलोचना हुने गरेको छ । केहीले फेडको मौद्रिक नीति अति नै कसिलो भएको र यसले बेरोजगार पैदा गरेको बताउँछन् भने अर्काथरि मौद्रिक नीति अति नै खुकुलो भएकाले डलरको अवमूल्यन र मूल्यवृद्धि भएको तर्क राख्छन् । 

१९औँ शताब्दीको हरेक दशकमा भोगिएको बैंकिङ संकटको अनुभवका वावजुद पनि अमेरिकामा सो समयमा केन्द्रीय बैंक थिएन । फेडले मौद्रिक नीतिको उचित व्यवस्थापन गर्न नसक्ने र अस्थिरता बढाउने कतिपयको भनाइ छ । फेडले मुलुकको अर्थतन्त्रमा अत्याधिक हस्तक्षेप गर्ने गरेको केहीको विश्लेषण छ । केही विश्लेषकले भने फेडले राजनीतिक प्रशासनलाई समायोजन गर्ने इच्छा देखाएको र यसले पुँजी बढाउन र निरन्तरता दिन मद्दत गर्ने बताएका छन् ।

बैंकका प्रकार 
अमेरिकामा विभिन्न प्रकारमा बैंक तथा वित्तीय संस्थाहरु संस्थाहरु संचालनमा छन् । सुरुमा यी संस्थाहरु धेरै फरक थिए । अहिले भने लगभग उस्तै भएका छन् ।

कमर्सियल बैंकहरु व्यापार क्षेत्रमा सेवा दिनका लागि स्थापना भएका बैंक हुन् । कमर्सियल बैंकहरु अमेरिकाको व्यापार तथा वित्तीय क्षेत्रको एउटा महत्वपूर्ण पाटो हुन् । अहिले अमेरिकामा एफडिआईसीले इन्स्योर्ड गरेका पाँच हजार एक सय दुई वटा कमर्सियल बैंकहरु रहेका छन् । जेपी मोर्गन अमेरिकाको सबैभन्दा ठूलो बैंक हो ।

यसबाहेक, न्युन आम्दानी भएका कामदारहरुको रकम बचत गर्नका लागि सेभिङ बैंक स्थापना गरिएका छन् भने सेभिङ एण्ड लोन एसोसिएसनहरु र सहकारी बैंकहरु न्युन आम्दानी भएका बैंकहरुलाई घर किन्ने वातावरण बनाइदिनका लागि स्थापना भएका छन् । त्यस्तै, एउटै संस्थामा काम गर्ने अथवा एउटै समुदायमा बस्ने मानिसहरुले यस्तो युनियन बनाएका छन् । यसको उद्देश्य मानिहरुलाई आकस्मिक कर्जा दिनु रहेको छ ।

इन्भेष्टमेन्ट बैंकहरुले लगानीसम्बन्धी सल्लाह सुझाव दिने, सेयर तथा कोषहरुको खरिदविक्री गर्ने लगायतका काम गर्छन् । यस्ता बैंकहरुले निक्षेप संकलन र कर्जा प्रवाहको काम भने गर्दैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]