June 27th, 2018

चौथो सामना बैंकिङ्ग पुरस्कार र  बैंकिङ्ग पत्रकारिता पुरस्कार वितरण गरियो

नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धनात्मक एवम् विश्लेषणात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले स्थापित सामना बैंकिङ्ग पुरस्कार गुठीको चोथो सामना बैंकिङ्ग पुरस्कार र दोश्रो बैंकिङ्ग पत्रकारिता पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । गुठीका अध्यक्ष डा. रेवत वहादुर कार्कीको सभापतित्व, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर राणाको  प्रमुख आतिथ्यता तथा पूर्व महालेखापरीक्षक भानु आचार्य तथा अन्य पूर्व गभर्नरहरुको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको  हो ।

गुठीको एघारौ साधारणसभाले चौथो सामना बैंकिङ्ग पुरस्कार २०७२ प्रा.डा. परासर कोइरालाद्वारा लिखित “Essentials of Commercial Bank  Management” नामक पुस्तकलाई दिने निर्णय भई घोषणा गरेको थियो । सोही पुरस्कार अहिले प्रमाणपत्रसहित प्रथम गभर्नर राणावाट प्रदान गरिएको हो ।
 
उक्त पुरस्कार प्रतियोगिता लागि प्राप्त पुस्तकहरुलाई गुठीको विज्ञ मूल्यांकन समितिले मूल्यांकन गरी समितिको सिफरिशमा साधारण सभाले उक्त पुरस्कार दिने निर्णय गरेको थियो । 

योभन्दा अघि२०७२ सालमा  तेश्रो पुरस्कार श्री भोलाराम श्रेष्ठद्वारा लिखित “नेपालमा वित्तीय प्रणाली एक पर्यवलोन”  र देवेन्द्रवाहदुर राउतद्धारा लिखित “Micro Finance Strategy, challenge, adaptation in Nepal” नामक पुस्तहरुलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । । त्यस्तै दोश्रो पुरस्कार लेखकद्वय राजनविक्रम थापा र दीर्घवहादुर रावललाई र प्रथम पुरस्कार  लेखकद्वय डा रमा वस्यालद्वारा र वरिष्ठ पत्रकार भरत भूर्तृेल (स्वर्गीय) लाई वैकिंग र वित्तीय क्षेत्रमा लेखिएका  पुस्तकहरुलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

यही समारोहमा पत्रकारिताको माध्यमवाट बैंकिङ तथा वित्तीय क्षेत्रमा योगदान गरेवापत २०७२ सालमा दिइने रु१५ हजारको दोश्रो सामना बैंकिङ पत्रकारिता पुरस्कार प्रमाणपत्रसहित कान्तिपुर टेलिभिजनका वरिष्ठ पत्रकार हिमाल न्यौपानेलाई (उहाँ विदेशमा भएकोले उहाका पत्नीलाईे) प्रमुख अतिथीबाट प्रदान गरिएको छ । उक्त पुरस्कारको लागि नेपाल आर्थिक पत्रकार समाजका प्रतिनिधि र वरिष्ठ बैंकिङ तथा आर्थिक पत्रकारसहितको गुठीको यससम्वन्धी समितिकोे  सिफारिशमा उक्त निर्णय गरिएकोे थियो । यसअघि २०७० मा यस्तो पहिलो पत्रकारिता पुरस्कार कारोवार राष्टिय आर्थिक दैनिकका वरिष्ठ पत्रकार लोकवहादुर चपागाईलाई प्रदान गरिएको थियो ।  

यसैगरी रु. १० हजारको रेवत बैंकिङ्ग छात्रबृति त्रिवि अर्थशास्त्र विभाग दोश्रो वर्ष अध्ययन गर्ने विद्यार्थीहरुमध्ये प्रथम वर्षको परीक्षामा उत्किृष्टता हासिल गरी Economic Development & Planning विषयमा सवभन्दा उच्चतम अंक ल्याई प्रथम हुने विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिने व्यवस्थानुसार शैक्षिक वर्ष २०६९ (त्रिविको शैक्षिक वर्ष ढिलो भएकोले)को यस्ता छात्रवृत्ति धर्मेन्द्र तिमिल्सिनालाई प्रदान गरिएको छ । यसअघि पाँचौ वैकिंग छात्रवृत्ति अश्लेष श्रेष्ठलाई र  सवैभन्दा पहिले खगेन्द्र कटुवाल, र त्यसपछि क्रमशः कमला तिमिल्सिना, भरत थापा, र अर्जुनवहादुर पाठकलाई प्रदान गरिसकिएको छ ।

यही समारोहमा पिताम्वर प्रसाद आचार्यले कृषि िवकास बैंकबाट बैंकिङ यात्रा प्रारम्भ गरी डिप्रोक्स नेपाल र डिप्रोक्स/नाडेप लघुवित्त वैंकमार्फत लघु वित्तको माध्यमबाट समाजका पिछडिएका एवं न्यून आयभएका महिलावर्गको सामाजिक तथा आर्थिक उत्थान गरी नेपालको गरिवी विरुद्धको आन्दोलनमा विगत चार दशकदेखि अनवरत रुपमा निर्वाह गरेको अग्रणी भूमिकाको कदर गर्दै गुठीको विधान वमोजिम उनलाई प्रथम गभर्नरबाट सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको छ ।
 
त्यस्तै योगेन्द्र मण्डललाई पनि उनले  गैरसरकारी संस्था –जीवनविकास समाज र गैरसरकारी वित्तीय  मध्यस्थतामार्फत लघुवित्तको माध्यमवाट समाजका पिछडिएका एवं न्यूनआयभएका महिलावर्गको सामाजिक तथा आर्थिक उत्थान गरी नेपालको गरिवी विरुद्धको  आन्दोलना विगत दुईदशकदेखि  निर्वाह गर्नुभएको उल्लेख्य भूमिकाको कदर गर्दै गुठीको विधान वमोजिम प्रमुख अतिथीवाट सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको छ । यसअघि नेपालका लघुवित्त पिता डा.हरिहरदेव पन्त (हाल स्वर्गीय)लाई यस्तो सम्मान गरिएको थियो । 

समारोहमा गुठीले अबदेखि बैंकिङ पुरस्कार रु ५० हजारबाट रु७५ हजार, पत्रकिारिता पुरस्कार रु१५ हजारवाट २५ हजार, छात्रवृत्ति रु१० हजारबाट १५हजार वढाउने निर्णय गरिसकेको जानकारी गराइयो । अर्थविद डा. रेवत वहादुर कार्कीद्वारा अक्षय कोष राखी २०६२ सालमा स्थापना गरिएको यस गुठीको हाल रु२७ लाख अक्षय कोष रहेको छ । यस कोषवाट प्राप्त व्याज आयवाट उपर्युक्त पुरस्कार इत्यादिको व्यवस्था गरिदै आएको छ । नेपालमा यो क्षेत्रको यस्तो किसिमको पुरस्कार प्रदान गर्ने एक मात्र राष्ट्रिय संस्था हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]