June 27th, 2018

माउन्टेन हाइड्रोको आईपिओ असार २२ गतेदेखि

बैंकिङ खबर । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले असार २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । माउन्टेनले आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचथरका अन्य बासिन्दाको लागि एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । यसमध्ये, आयोजना प्रभावितलाई सात लाख ५० हजार कित्ता र जिल्ला अन्य क्षेत्रबासीलाई पाँच लाख कित्ता सेयर छुट्याइएको छ ।

सेयर निष्काशन छिटोमा साउन ४ गने र ढिलोमा भदौ २० गते बन्द हुने छ । हाइड्रोको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । न्युनतम ५० देखि अधिकतम छ  हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । पाँचथरको सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंक, सिभिल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोबाट उक्त सेयरका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन तीन अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ । 

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । पहिलो चरणमा स्थानीय वासिन्दाका लागि १० प्रतिशत सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १० प्रतिशत सेयर निष्काशन गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]