बैंकिङ खबर । एनआईसी एशिया क्यापिटल लिमिटेडले मोबाइल एप सेवा सुरु गरेको छ । लगानीकर्तालाई सवल, सूुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको कम्पनीले ग्राहकहरुको थप सुविधाका लागि मोबाइल एपको सुरुवा गरेको हो ।
केके पाइन्छ जानकारी ?
मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारी पनि यसै एपमार्फत पाइेछ । यसका अलावा प्रयोगकर्ताले नेप्से बजार रिपोर्ट तथा एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा समेत जानकारी प्राप्त गर्न सक्नेछन् ।
कसरी डाउनलोड गर्ने ?
एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोरमा उपलब्ध छ । प्ले स्टोरमा गएर एनआईसी एशिया क्यापिटल मोबाइल एप डाउनलोड गर्न सकिन्छ । एप्पल मोबाइलमा भने केही दिन उपलब्ध गराउने तयारी भइरहेको छ । जसपश्चात् एप्पलकोे ऐप स्टोरबाट पनि यो एप निःशूल्क रुपमा डाउनलोड गर्न सकिन्छ ।
एनआईसी एशिया क्यापिटल मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एनआईसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले बताए ।
उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धताका क्रममा यस मोबाइल एपले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन यस एपले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।