June 26th, 2018

माछापुच्छ्रे बैंकको लेकसाइड शाखा हल्लनचोकमा सर्यो

माछापुच्छ्रे बैंक लिमिटेडको वाराहीचोक स्थित लेकसाइड शाखा हल्लनचोकमा सरेको छ । बैंकले मंगलबार (असार १२ गते)देखि संचालनमा आउने गरी शाखा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी. ले गरे । 

उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद माननीय सूूर्य बहादुुर के. सी. र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेको बताएको छ । 

उक्त शाखाहरु समेत बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैंकिङ  सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।

यस बैंकले दैनिक बैंकिङ कारोबार संचालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोबस बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]