June 26th, 2018

नवलपरासीको बर्दघाटमा ज्योति विकास बैंकको नयाँ शाखा संचालनमा

ज्योति विकास बैंक लि.मिटेडले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । 

सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिकामा खुलेकोमा खुशी लागेको भन्दै बैंकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयमा नै चुक्ता पुँजी पुर्याएको र हाल आफ्नो सेवा तथा शाखा संजाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको जानकारी दिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै बैंकले आफ्नो व्यवसाय विस्तार गर्ने बताए । साथमा ज्योति विकास बैंकको सेवा लिन सबैलाई आग्रह समेत गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । त्यस्तै, चालू आर्थिक वर्षभित्र थप तीन वटा नयाँ शाखा तथा थप चार स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत१४ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]