June 25th, 2018

सर्यो मौद्रिक नीति, अब सार्कस्तरीय गभर्नरहरुको सम्मेलनपछि मात्रै

बैंकिङ खबर । यसै साता आउने भनिएको मौद्रिक नीति सरेको छ । नेपाल राष्ट्र बैंकले आगामी बुधबारदेखि शुक्रबारसम्म सार्कस्तरीय गभर्नरहरुको सम्मेलन आयोजना गर्न लागेकाले मौद्रिक नीति सरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

राष्ट्र बैंकले सार्क र वरपरका देशका गभर्नरहरुको सम्मेलन गर्न लागेको हो । सो सम्मेलनमा विभिन्न १२ वटा देशका गभर्नरहरुले भाग लिने भएका छन् । सार्क फाइनान्स गभर्नर्स सेम्फोजिएम र वोर्ड अफ गभर्नर्स मिटिङ हुन लागेको राष्ट्र बैंकले जनाएको छ । सो सम्मेलन विशेष गरी सार्क राष्ट्रलाई लक्षित गरी गर्न लागिएको हो । 

प्रदेश र स्थानीय तहको बजेट आइसकेको अवस्थामा सो बजेटलाई अध्ययन गरेर मौद्रिक नीति ल्याउन लागेको राष्ट्र बैंक स्रोतको भनाई छ । त्यसैगरी, राष्ट्र बैंक सञ्चालक समितिका सदस्य अर्थसचिव राजन खनाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा गएको तथा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि विदेश भ्रमणमा गएका कारण मौद्रिक नीति सार्वजनिक हुन सकेको थिएन । गभर्नस सम्मेलन सकिएपछि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । असार मसान्तसम्म भन्दा पर नसार्ने राष्ट्र बैंकले जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]