June 25th, 2018

बहुप्रतिक्षित ‘अनलाइन ट्रेडिङ सिस्टम’ : २० दिनपछि पूर्ण परीक्षण कारोबार

बैंकिङ खबर । साउन १ गतेदेखि अनलाइन कारोबार प्रणालीको सुरुवात गर्ने तयारी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) अनलाइन ट्रेडिङका लागि आवश्यक मोड्युलहरु एकीकृत रुपमा तयार भइसकेको बताउँदै पूर्वनिर्धारित समयअनुसार नै अनलाइन कारोबार प्रणाली सुरु गरिने जानकारी दिएको छ । 

नेप्सेका अनुसार, अनलाइन कारोबार निर्माता कम्पनी वाईको प्रालिले आवश्यक सम्पूर्ण मोड्युलहरु एकीकृत रुपमा तयार गरिसकेको छ । कारोबारसँग सम्बद्ध पक्षहरु सेयर दलाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, क्लियरिङ बैंक र लगानीकर्तासँग औपचारिक र अनौपचारिक रुपमा छलफल तथा अन्तक्र्रिया पनि हुँदै आएको नेप्सेले जनाएको छ । 

नेप्सेले यो प्रणाली कार्यान्वयनमा ल्याउनको लागि एउटा तालिका बनाएको छ । जसअनुसार, असार १७ गते टिएमएस, एनओटिएस, आरएमएस र सर्वेलियन्स मोड्युलको संयोजनलाई सिडिएससी र क्लियरिङ बैंकसँग आवद्ध गराइनेछ । असार १९ गते सदस्य दलालसमक्ष प्रस्तुतीकरण गरिने छ भने २० गते लगानीकर्ता संघका प्रतिनिधिसमक्ष प्रस्तुतीकरण दिइने बताइएको छ । १८ गतेदेखि २० गतेसम्म आन्तरिक परीक्षण कारोबार पनि निरन्तरण भइरहनेछ । त्यसपछि २१ गते नेप्से सर्भरमार्फत नयाँ प्रणाली संचालन गरिनेछ । अन्ततः साउन १ गतेदेखि पूर्ण परीक्षण कारोबार तथा युजर एसेप्टेन्स टेस्ट सुरु हुनेछ । 

अहिले नेपालको प्राथमिक सेयर बजार प्रविधिका हिसाबले निकै अगाडी बढिसकेको भएतापनि दोस्रो बजार अझै परम्परागत शैलीमा चलिरहेको छ । अब दोस्रो बजारमा पनि सेयर खरिद गर्दा ब्रोकर अफि जानुपर्ने झन्झट हटाई घरमै बसीबसी सेयर खरिदविक्री गर्न सकिने प्रणाली ल्याउन लागिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]