June 24th, 2018

सामान्य अंकले बढ्यो सेयर बजार

बैंकिङ खबर । आइतबार सेयर बजार १.३५ अंकको वृद्धिसँगै  १२.१९.८१ अंकमा पुगेको छ । होटल, जलविद्युत्, अन्य र लघुवित्त समूह क्रमशः २.१२, ७.३७, २.६ र २.४ अंकले घटेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, बीमा र उत्पादनमूलक समूह क्रमशः  १.८९, २.२८, ३.४५, २२.९२ र १२.०२ अंकले बढेका छन् ।

दिनभरिमा १६७ वटा कम्पनीको सात लाख ५० हजार नौ सय २६ कित्ता सेयर तीन हजार दुई सय ३५ पटक खरिदविक्री हुँदा २० करोड ९३ लाख ८५ हजार सात सय ९८ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर दुई करोड र ओम डेभलपमेन्ट बैंक एक करोडमाथिको कारोबार भएको छ । कामना सेवा विकास बैंक प्रोमोटर, नेको इन्स्योरेन्स, एरेष्ट बैंक, मेगा बैंक, ग्रामीण विकास लघुवित्त, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनी धेरै कारोबार भएका टप १० कम्पनीको सूचिका छन् ।

आरम्भ माइक्रोफाइनान्स र जेविल्स फाइनान्सका सेयरधनीले क्रमशः ६.८३ र ५.८८ प्रतिशतका दरले कमाएका छन् । सूर्या लाइफ इन्स्योरेन्स, नविल इक्विटी फण्ड, देवः विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र एशियस लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि कमाएका छन् ।

यता, नेपाल हाइड्रोका सेयरधनीले ९.५८ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रो, अरुण काबेली पावर, कन्काई विकास बैंक, सिन्धु विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, समता माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, एभरेष्ट बैंक (सिपी) लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]