June 24th, 2018

नाडेप लघुवित्तको चार लाख ८० हजार कित्ता आईपिओ खुल्यो

बैंकिङ खबर । नाडेप लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर निष्काशन गरेको छ । संस्थाले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको हो।

सेयर खरिदको लागि न्युनतम २० कित्तादेखि २४०० कित्तासम्मको लागि आवदेन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । सेयर निष्काशन छिटोमा असार १४ र ढिलोमा साउन ७ गते बन्द हुनेछ ।

धितोपत्रबाट अनुमति पाएका सम्पुर्ण सिआस्वा सदश्य बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेयरमा आवेदन दिन पाइनेछ ।

हाल नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले ३० प्रतिशत साधारण शेयर बिक्री गरेसँगै १६ करोड रुपैयाँ पुग्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]