June 21st, 2018

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष  भुवनसिं गुरुङले बिहीबार नेपाल राष्ट्र बैंक पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र   रेसम लाल पौडेललाई निर्विरोध निर्वाचित गरेको प्रमुख कार्यकारी अधिकृत   राजकुमार गुरुङले बताए ।

संस्थाको हाल तनहृ्ं, लमजुङ, रुपन्देही, काठमाण्डौं, स्याङजा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आईसकेको र निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आ.व. २०७५।७६ मा थप अन्य शाखाहरु समेत खोलिने बताइएको छ ।

संस्थाले सिआस्वा तथा मोवाइल बैंकि∙ सेवाको शुरुवात गरिसकेको छ । यो अवधिमा फाइनान्सको निक्षेप रु ४ अर्व १५ करोड एवं कर्जा लगानी तर्फ रु. ३ अर्व ९६ करोड कायम गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए ।   

                          


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]