June 21st, 2018

घलेम्दी हाइड्रोले पायो आईपिओ जारी गर्ने अनुमति

बैंकिङ खबर । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाड अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत आईपिओ जारी गर्ने अनुमति पाएको छ । 

जसअनुसार, घलेम्दीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको पाँच लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीयलाई सेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गर्नेछ ।

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । वि.सं. २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]