June 20th, 2018

१२१७.८४ अंकमा झर्यो सेयर बजार, जम्मा ३१ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । बुधबार सेयर बजार ८.३४ अंकले घटेर १२१७.८४ अंकमा कायम भएको छ । व्यापार समूह स्थिर रहेको छ भने बाँकी सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ६.४१, ६.७८, ७.१८, २०.७१, १.६९, ४०.८८, ३.६५, ७.९१ र १०.११ अंकले घटेका छन् ।

कारोबार रकम मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १५६ वटा कम्पनीको २५ लाख ९१ हजार नौ सय नौ कित्ता सेयर तीन हजार तीन सय ३४ पटक खरिदविक्री हुँदा २७ करोड ३८ लाख ३२ हजार नौ सय ९२ रुपैयाँको कारोबार भएको छ । 

ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै तीन करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । मेगा बैंकको पौने तीन करोड तथा नेपाल बैंक, छिमेक लघुवित्त र समता माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, नेपाल लाइफको ९०लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको ८८ लाख। सिद्धार्थ इक्विटी वरियन्टेड स्किमको ६६ लाख, नागरिक लगानी कोषको ५९ लाख र उन्नति माइक्रोफाइनान्सको ५७ लाखमाथिको सेयर कारोबार भएको छ ।

जम्मा ३१ कम्पनीका सेयरधनीले कमाएका छन् । एभरेष्ट बैंक(सीपी)का सेयरधनीले सबैभन्दा धेरै ३.९९ प्रतिशतले कमाएका  छन् । एक्सेल डेभलपमेन्ट बैंक, समता माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल हाइड्रो, जेविल्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, आईसीएफसी फाइनान्स प्रोमोटर, सेञ्चुरी कमर्सियल बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

यता, युनाइटेड मोदी हाइड्रोका सेयरधनीले ४.३७ प्रतिशतका दरले गुमाएका छन् । उन्नति माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, मेगा बैंक, जानकी फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट, महिला सहयात्रा माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]