June 20th, 2018

सिभिल बैंकको बोनस प्रस्ताव, चुक्तापुँजी आठ अर्ब नाघ्ने

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले १०.२५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालनक समितिको जेठ २१ गते सम्पन्न २४८ औं बैंठकले सेयरधनीलाई ७४ करोड ४० लाख रुपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १०.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब  ३३ लाख ८९ हजार ६७३ रुपैयाँ कायम हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]