June 18th, 2018

परिसूचक सामान्य बढेपनि कारोबारमा गिरावट, कमाउने र गुमाउने कोको ?

बैंकिङ खबर । सोमबार सेयर बजार १.९२ अंकले बढेर १२३५.१५ अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ०.५४, १.२७, ०.२६ र ८.१८ अंकले घटेका छन् । होटल, जलविद्युत्, बीमा, अन्य र लघुवित्त क्रमशः ४.३८, ९, २२.५२, ५.२६ र ८.७ अंकले बढेका छन् । 

बजार बढ्दा पनि कारोबार भने घटेको छ । दिनभरिमा १५४ वटा कम्पनीको चार लाख ८४ हजार छ सय ४५ कित्ता सेयर तीन हजार पाँच सय ८९ पटक खरिदविक्री  हुँदा जम्मा १९ करोड ५२ लाख ३४ हजार एक सय २६ रुपैयाँको कारोबार भएको छ ।

नेपाल बैंक र एनएमबि बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, साना किसान विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर, प्रभु बैंक, ग्रामीण विकास लघुवित्त, उन्नति माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र स्टान्डर्ड चार्टर्ड बैंक धेरै कारोबार भएका टप १० कम्पनीको सूचिमा छन् ।

धेरै कमाउने कम्पनीको सूचिमा समता माइक्रोफाइनान्स र नेपाल हाइड्रो अगाडी छन्, जसका लगानीकर्ताले क्रमशः ९.९७ र ९.५९ प्रतिशतले कमाएका छन् । यसबाहेक, नेको इन्स्योरेन्स, सिभिल लघुवित्त, गरिमा विकास बैंक, सिनर्जी पावर, सिन्धु विकास बैंक, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, राधी विद्युत् कम्पनीका सेयरधनीले ९.७१ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रो, नेशनल हाइड्रो,  शाइन रेसंगा डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, एलआईसी नेपाल, सहयोगी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, प्रभु बैंक, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]