June 18th, 2018

प्रभु बैंकको सेयर ११ गतेदेखि लिलामीमा विक्री हुँदै

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले २२ लाख ३१ हजार दुई सय ६५ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले १५ लाख ६० हजार दुई सय तीन कित्ता संस्थापक र छ लाख ७१ हजार ६२ कित्ता सर्वसाधारणको सेयरको लिलाम विक्री गर्न लागेको हो । 

बैंकले गत माघ ७ गतेदेखि फागुन २३ सम्म हकप्रद निष्काशन गर्दा विक्री नभएको सेयरलाई लिलामीमार्फत विक्री गर्न लागेको हो । सेयरको लिलामी असार ११ गतेदेखि १८ गतेसम्म खुला रहने छ । न्युनतम एक सय रुपैयाँमा बोलकबोल गर्नुपर्ने बताइएको छ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका शाखाबाट उक्त सेयरमा आवेदन दिन सकिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]