June 17th, 2018

राष्ट्र बैंकले नोट धुल्याउने नयाँ नियमावली ल्यायो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०५९ को संशोधन गरी नयाँ नियमावली लागू गरेको छ । नियमावलीमा राष्ट्र बैंकले धुल्याउन छुट्याएका नोटहरुको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । 

समितिले देहायका नोटहरु आवश्यकता अनुसार धुल्याउनु पर्नेछः– 
(क) नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त हुन आएका नोटहरु, 
(ख)मुद्रा व्यवस्थापन विभाग वा शाखा वा उपशाखा कार्यालयहरुले चलनचल्तीमा ल्याउन अयोग्य ठहर्याएका नोटहरु, 
(ग) बैंकको सञ्चालक समितिले चलनचल्तीमा ल्याउन उपयुक्त नहुने भनी ठहर गरेका नोटहरु, 
(घ) बैकिंग, वित्तीय वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुले चलनचल्तीमा ल्याउन योग्य नभएको भनी बैंकमा दाखिला गरेका झुत्रा नोटहरु,  
(ङ) बैकिंग, वित्तीय वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरु, सरकारी वा अन्य निकायबाट बैकिंग कारोवारको सन्दर्भमा बैंकमा दाखिला हुन आएका नोटहरु मध्ये नक्कली भनी बैंकले जफत गरेका र कारवाही चलाउन स्पष्ट आधार नभएका नोटहरु । 

नोट धुल्याउने समितिको गठनः 
(१) यस नियमावली बमोजिम नोट धुल्याउने प्रयोजनको लागि देहायका सदस्यहरु रहेको एउटा नोट धुल्याउने समितिको गठन गरिनेछः– 
(क) मुद्रा व्यवस्थापन विभागको प्रमुख वा निजले तोकेको अधिकृत प्रतिनिधि –संयोजक 
(ख) प्रतिनिधि, नेपाल सरकार, अर्थ मन्त्रालय –सदस्य 
(ग) कानून महाशाखा –सदस्य
(घ) प्रतिनिधि, बैंकको  मुद्रा व्यवस्थापन विभागको प्रमुखले तोकेको अधिकृत –सदस्य
(ङ)  मुद्रा व्यवस्थापन विभागको नगद तर्पmको सम्बन्धित अधिकृत –सदस्य–सचिव

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकका शाखा वा उपशाखा कार्यालयहरुमा नोट धुल्याउने प्रयोजनको लागि देहायका सदस्यहरु रहेको एउटा नोट धुल्याउने समिति गठन हुनेछः– 
(क) शाखा वा उपशाखा कार्यालयको प्रमुख –संयोजक 
(ख) नेपाल सरकार, कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृत प्रतिनिधि –सदस्य मुद्रा व्यवस्थापन विभागको
(ग) शाखा वा उपशाखा कार्यालयको जिम्मेवारी लिने अधिकृत –सदस्य 
(घ) शाखा वा उपशाखा कार्यालयको नगद तर्पmको सम्बन्धित अधिकृत –सदस्य–सचिव 

(३) समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आपैm निर्धारण गर्न सक्नेछ । 

(४) समितिका सदस्यहरुले समितिको बैठकमा भाग लिंदा बैंकले तोके बमोजिमको खाजा खर्च पाउनेछन्। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]