June 16th, 2018

हकप्रद सेयर निष्काशनको तयारीमा ११ कम्पनी

बैंकिङ खबर । विभिन्न ११ कम्पनीले सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको सात करोड ५४ लाख ७० हजार दुई सय ४० कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । १।१ वटा उत्पादनमूलक कम्पनी, जलविद्युत् र वाणिज्य बैंकका साथमा चार वटा माइक्रोफाइनान्स एवम् २।२ वटा बीमा  कम्पनी र फाइनान्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् ।

उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सो उद्योगले एक कित्ता बराबर तीन कित्ता सेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै एनसिसि बैंकले दुई बराबर एक कित्ता सेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले दुई अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरका दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । एक बराबर एक कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको छ । एनआइसि एसिया क्यापिटल लिमिटेडको सो संस्थाको हकप्रद सेयरको बिक्री प्रबन्ध गर्ने छ । यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद सेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद सेयर बिक्रीको प्रबन्ध गर्नेछ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले छ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ ।

त्यसैगरी २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद सेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद सेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्केट रहेको छ । प्रोग्रेसिभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख कित्ता सेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको सेयर बिक्री प्रबन्धक रहेको छ ।

अपि पावरले एक बराबर दुई कित्ता सेयर दिने तयारी गरेको छ । दुई अर्ब १० करोड रुपैयाँ बराबरको २१ करोड कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । अपि पावरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

बीमा समूहको आइएमई जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्ध गर्नेछ । एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद सेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी छ । एभरेष्टको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]