June 14th, 2018

विश्व कपलाई लक्षित गरेर क्लियर टिभीको अफर

सुबिसु केवलनेट प्रालिले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ”अफर प्रस्तुत गरेको छ । विहीबारदेखि सुरु हुन लागेको विश्व कपलाई धयानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा एचडी सेट टप बक्स, जडान सेबा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने छ ।

कम्पनीले, आफ्ना ग्राहकले एचडी क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो । योजनामा सर्त तथा नियमहरु लागू हुने बताइएको छ । हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एचडि च्यानलहरु रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]