Monday , June 18 2018

सिटिजन्स बैंकद्धारा चितवन मानव सेवा आश्रमलाई सहयोग

June 14, 2018

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

आश्रमको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत  राजन सिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रू तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो । उक्त समारोहमाबैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.