June 14th, 2018

पाँच वटा ब्रोकरमार्फत अनलाइन ट्रेडिङको परीक्षण सुरु

बैंकिङ खबर । सेयरको अनलाइन कारोबार प्रणालीको परिक्षण सुरु गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न ५ सेयर दलालहरु छनौट गरी परिक्षण कारोबार(’मोक ट्रेडिङ्ग’) सुरु गरेको हो । सेयर दलालहरुसँग समन्यव गरि परिक्षणका क्रममा देखिन सक्ने समस्या समाधानको काम गरिने नेप्सेको भनाई छ  ।

अनलाइन प्रणाली कार्यान्वायन गर्नका लागि सन्तोष मैनालीको संयोजकत्वमा अनलाइन इम्प्लिमेण्टेशनको अर्डिनेशन कमिटी गठन गरिएको छ । उक्त कमिटीले सिफारिस गरेका एबिसि सेक्युरिटिज, लिञ्च स्टक मार्केट, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग, सेक्योर्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरुटिजमा परीक्षण कारोबार  सुरु गरिएको छ । चरणवद्ध रुपमा परीक्षण भइरहेको सबै कारोबार प्रक्रियामा मैनाली नेतृत्वको कमिटीले नै प्रतिनिधित्व गर्ने बताइएको छ । 

’मोक ट्रेडिङ्ग’ पुरा भए लगत्तै नेप्सेले ’युजर एसेप्टेन्स टेस्टिङ्ग’ (यूएटी) सुरु गर्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]