June 11th, 2018

माइक्रोफाइनान्स क्षेत्रमा भित्रिएका प्रविधिहरु 

बैंकिङ खबर । लघुवित्त संस्थाहरु पनि अब प्रविधिको क्षेत्रमा अघि बढ्न थालेका छन् । प्रविधिको प्रयोगबाट बढीभन्दा बढी सर्वसाधारणलाई सहज ढंगले समेट्न सकिन्छ । साथमा, एक पटक प्रविधिको विकास गरिसकेपछि लागतमा समेत कमी आउँछ । यसै तथ्यलाई मध्यनजर गर्दै लघुवित्तहरु पनि प्रविधिमैत्री बन्न लागेका छन् । माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रकाशराज शर्माका अनुसार, हालसम्म माइक्रोफाइनान्स क्षेत्रमा भित्रिएका प्रविधिहरु यसप्रकार छन् :

ट्याबलेट बैंकिङ : माइक्रोफाइनान्सहरुले ट्याबलेट बैंकिङ सुरु गरेका छन् । यसबाट ग्राहकहरुलाई लघुवित्तसँग कारोबार गर्न निकै सहज भएको छ । बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैंकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत वित्तीय सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण ट्याबलेट बैंकिङले निर्माण गरेको पाइन्छ । यो सेवा चौबिसै घण्टा उपलब्ध हुने हुँदा झन् सहज भएको छ । 

डिजिटल महिलाः माइक्रोफाइनान्सहरुले डिजिटल महिलामार्फत संस्थाको गतिविधीलाई सहज रुपमा अघि बढाएका छन् । यस कार्यक्रमअन्तर्गत लघुवित्तले महिलाहरुलाई डिजिटल बैंकिङ सम्बन्धी तालिम प्रदान गर्ने गर्दछ । यसरी तालिम प्राप्त महिला सम्बन्धीत लघुवित्तबाट कर्जा लिएको महिला समूहकै हिसाब किताब डिजिटल रुपमा राख्न सक्षम हुन्छिन् । यस्तो हिसाब ट्याबलेटमा राखिन्छ । 

सीबिएस : लघुवित्त संस्थाहरुले पनि कोर बैंकिङ सफ्टवेर (सीबिएस)को प्रयोगबाट आफूहरुलाई प्रविधियुक्त बनाएका छन् । यसले लघुवित्तहरुको सेवालाई प्रभावकारी बनाउन मद्दत गरेको छ ।

समग्रमा हेर्दा, माइक्रोफाइनान्सहरु प्रविधिको क्षेत्रमा भर्खरै प्रवेश मात्र गरेका छन् । प्राविधिक रुपमा लघुवित्तहरु निकै अगाडी बढ्न बाँकी छ । पछिल्लो समयमा पनि माइक्रोफाइनान्सहरुले प्रविधिको विकासमा अगाडी बढ्नका  लागि भरपूर प्रयास गरिरहेको माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष शर्मा बताउँछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]