June 8th, 2018

प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्सका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । 

यससँगै, अबदेखि प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकले जीवन बीमा सम्बन्धि सेवाहरु मुक्तिनाथ बिकास बैंकको प्रधान कार्यालय तथा हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत पाउनेछन् । प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमाको प्रिमियम मुक्तिनाथ बिकास बैंकमार्फत समेत बुझाउन सकिने ब्यबस्था गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सले ताहाचल, वीरगंज, ईटहरी, पोखरा, लेखनाथ, धनगढी, नेपालगंज, सिन्धुली, भक्तपुर ललितपूर, कलंकी, बानेश्वर बनेपा लगायत २८ शाखा तथा उपशाखा कार्यालयहरुबाट कारोबार संचालन गरिसकेको छ । निकटतम दिनहरुमै कम्पनीले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । 

दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]