June 7th, 2018

माथिल्लो दरौँदी १ मा तीन बैंकको ७० प्रतिशत लगानी, जनता बैंकको नेतृत्व

कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा जनता बैंक नेपाल लिमिटेडको नेतृत्वमा कुमारी बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ परियोजना कर्जा प्रदान गर्ने भएका छन् । 

उक्त लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैंकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौँ क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् । आयोजनाको निर्माण लागत एक अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने भएका  हुन् ।

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौँदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवद्र्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौँदी एकोटेलरेसको पानी र दरौँदीखोलामा २० मिटरको बाँध बाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन ९२ वटाको माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौँदी खोलामा छोडिने छ । 

परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उत्पादितउ र्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]