June 7th, 2018

बैंकिङ करिअरको अपरचुनिटी : सिभिल बैंकमा १२७ जनालाई रोजगारी

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडमा १२७ जनाका लागि जागीर खुलेको छ । बैंकले २१ जना शाखा प्रबन्धक, तीन जना इन्टिग्रेटेड रिस्क मेनेजमेन्ट अफिसर, दुई जना कम्प्लायन्स अफिसर, एक जना रेमिट्यान्स अफिसर, ३२ जना रिलेसनसिप मेनेजर, आठ जना चार्टर्ड एकाउन्टेन्ट, एक जना अफिसर सीईओ अफिसका लागि, २० जना अपरेसन इन्चार्ज, एक जना आर एण्ड डी अफिसर, दुई जना ब्रान्च स्टाब्लिसमेन्ट अफिसर, दुई जना लिगल अफिसर, एक जना बैंकास्योरेन्स अफिसर, १२ जना मार्केटिङ अफिसर, सात जना एसिस्टेन्ट रिलेसनसिप अफिसर, चार जना सीएडी अफिसर र १० जना अपरेसन एसिस्टेन्ट मागेको छ । 
सबै पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २० जुन अर्थात असार ६ गतेसम्म रहेको छ ।  आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

पूरा भ्याकेन्सी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/uploads/career/Vacancy%202018_20180606013201.pdf

अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/apply-online/ 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]