June 6th, 2018

विश्वकपको प्रत्यक्ष प्रसारण डिस होममा, नेपालीमा कमेन्ट्री

रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् ।

नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन् ।

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायतका खेलाडीहरुको उपस्थिति छ । फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राई लगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिनेछ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । फुटबलको महाकुम्भ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गित पनि हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]