June 6th, 2018

प्रदेश नं. ५ मा उपस्थिती बढाउँदै कामना सेवा विकास बैंक, तुलसीपूर शाखा संचालनमा 

कामना सेवा विकास बैंक लिमिटेडले दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५, वि.पि चोकमा ५१ औं शाखा कार्यालय समुदघाटन गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचनको अध्यक्षतामा आयोजित एक समारोहका बीच शाखा उद्घाटन गरी कारोबार सुरु गरियो । 
विशेष गरी पहाडी जिल्ला सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र जाजरकोटको ब्यापारीक केन्द्रको रुपमा विकसित भएको तुल्सीपुरमा आर्थिेक विकास र ब्यवशायिक उद्यमसिलता विकासमा बैंकले भुमिका खेल्न सक्ने अपेक्षासहित शाखा स्थापना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।

समारोहका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बैंकहरुले आफ्नो सेवामा विविधीकरण गरेर अगाडी बढनुपर्ने भन्दै बैंकसँग आवश्यक सहकार्य गरेर अगाडि बढन नगरपालिका तयार रहेको बताए । यस क्षेत्रका आर्थिक तथा सामाजिक विकासमा बैंकको उपस्थिती कोसेढुङ्गा सावित हुन सकोस भन्दै उनले शुभकामना समेत ब्यक्त गरे ।

कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन २१५ भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको र करिब १ करोड २१ लाख निक्षेप संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए । 

दाङ्ग जिल्लामा कामना सेवाको यो तेश्रो शाखा कार्यालय हो । यस बैंकले दाङ्ग जिल्लाको घोराही र लमहीमा शाखा स्थापना गरिसकेको छ ।

अधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ । बैंकले हाल सम्म करिब १४ अर्व ३५ करोड निक्षेप संकलन गरी करिब १३ अर्व ३३ करोड कर्जा लगानी गरिसकेको छ भने चैत्र मसान्त सम्म करिब ३६ करोड संचालन मुनाफा आर्जन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]