June 5th, 2018

चार वटा भारतीय बैंक एकआपसमा गाभिँदै

बैंकिङ खबर । भारतको केन्द्रीय सरकारले चार वटा बैंकलाई एकआपसमा मर्ज गराउने भएको छ । भारत सरकारले बैंक अफ बरोडा, आइडिबिआइ बैंक, ओरियन्टल बैंक र सेन्ट्रल बैंकलाई एकआपसमा गाभ्ने योजना बनाएको हो । 

चार वटै बैंकमा खराब कर्जा बढेर समस्याग्रस्त भएपछि सरकारले मर्जरको उपाय अपनाएको हो । ३१ मार्चसम्मको तथ्यांकअनुसार, यी चार बैंकमा गरेर कुल खराब कर्जा दुई खर्ब १६ अर्ब ४६ करोड ३८ लाख भारु पुगेको छ । जसमध्ये, आइडिबिआइमा ८२ करोड ३७ लाख ९२ हजार भारु, वरियन्टलमा ५८ करोड ५१ लाख ७४ हजार भारु, सेन्ट्रल बैंकमा ५१ करोड चार लाख ९१ हजार भारु र बैंक अफ बरोडामा २४ करोड ३१ लाख ८१ हजार भारु खराब कर्जा रहेको छ । यही खराब कर्जाको हिस्सा घटाउनका लागि सरकारले ठूलो मर्जरको नीति लिएको हो ।  यी बैंकहरुबीच  मर्जर भएर बन्ने नयाँ बैंकको कुल सम्पत्ति १६ खर्ब ५८ अर्ब भारु हुनेछ । 

अहिले, बैंक अफ बरोडाबाहेकका तीन वटै बैंकहरु रिजर्भ बैंक अफ इण्डियाको निगरानीमा रहेका छन् । आरबीआईको ज्निगरानीमा रहेकाले उनीहरुको लाभांश वितरण, कर्जा प्रवाह लगायतको कारोबार बन्द रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]