June 1st, 2018

अन्र्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ डिशहोमको रमाईलो टिभिमा

डिशहोमले आफ्ना ग्राहकहरुको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवद्र्धन गरेका च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवद्र्धन गरेका च्यानलहरुमध्य पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टिभिमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिबनकथा लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् । रमाईलो टिभि एचडीमा प्रशारण हुने गर्दछ ।

यसै बिच नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको लोकप्रियता बढ्दै गैरहेको अवस्थामादर्शकहरुको चाहनालाई मध्यनजर गर्दै रमाईलो टि.भि मा नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो ‘द भ्वाइस’ को नेपाली संस्करण भ्वाइस अफ नेपाल प्रशारण हुने भएको छ ।

श्रावणको पहिलो हप्तादेखि प्रशारण हुने यस कार्यक्रमको प्रथम संस्करणमा ३० भागसम्म दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिनेछ । यस कार्यक्रम रमाईलो टिभि मार्फत प्रशारण गरिनेछ भने ए.डि रिलिज प्रा.लि.सँग डिशहोमले कार्यक्रम प्रायोजनको सम्झौता समेत गरेको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी.प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । साथै नेपाल सरकारको अनिवार्य डिजिटलाइजेसन नितिले गर्दा पनि डिजिटल टिभि सेवामा डिशहोम ग्राहकहरुको पहिलो रोजाईमा परेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]