May 31st, 2018

सीईओकोभन्दा गभर्नरको तलब थोरै, उर्जित पटेलले खान्छन् साढे दुई लाख मात्रै

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेल डा. पटेलका नामले चिनिन्छन् । अर्थविद् समेत रहेका पटेल एक कुल बैंकर एवम् आर्थिक सल्लाहकार समेत हुन् । सन् २०१३मा उनी चार वर्षका लागि गभर्नर बनेका थिए । त्यसअघि उनले पुनः आरबिआईकै डेपुटी गभर्नरको जिम्मेवारी पाए । डेपुटी गभर्नरमा दोस्रोपटक नियुक्त भएको केही समयमा नै उनी गभर्नर बन्न पुगे । 

जन्म, परिवार तथा रुचि
५५ वर्षिय पटेलको होमटाउन केन्याको नैरोबी हो । २०औँ शतब्दीमा उनका हजुबरबुबा भारतको गुजरातमा बसाईँ सरेर आएका थिए । त्यअघि नै उनका पिता रविन्द्र केन्यामा स्पेयर पार्ट्स सम्बन्धी विजनेसमा जमिसकेका थिए । उनी २८ अक्टोबर १९६३ मा भारतमा जन्मिएका थिए । अहिलेसम्म अविवाहित नै रहेका पटेल पुस्तकहरु पढ्न र यात्रा गर्न मन पराउँछन् ।

शैक्षिक योग्यता
पटेलले १९९०मा येल युनिभर्सिटीबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । यसबाहेक, औपचारिक शिक्षाका लागि उनी लण्डन स्कुल अफ इकोनोमिक्स र युनाइटेड किंगडम युनिभर्सिटी अफ अक्सफोर्डमा पनि पुगेका छन् । लण्डन स्कुल अफ इकोनोमिक्सबाट उनले बीए गरेका छन् भने युनाइटेड किंगडम युनिभर्सिटी अफ अक्सफोर्डबाट एमफिल गरेका छन् ।

करिअर
उर्जित पटेलसँग वित्तीय, उर्जा र पूर्वाधारको क्षेत्रमा काम गरेको २० वर्षको अनुभव छ । पिएचडी सकेपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोषमा पनि काम गरे । त्यहाँ उनले १९९० देखि १९९५ सम्म काम गरे । १९९५मा उनी आरबिआई छिरे । त्यहाँ १९९७ सम्म पटेलले अन्तर्राष्ट्रिय मुद्राकोषको तर्फबाट आरबिआईको सल्लाहकार बनेर काम गरे । उनले उर्जा मन्त्रालयको आर्थिक मामिला विभागमा १९९८ देखि सल्लाहकार भएर २००१ सम्म काम गरे । सन् २०१३ मा उनी आरबीआईमा डेपुटी गभर्नर भएका थिए भने २०१६ मा उनलाई डुपुटी गभर्नरमा नै दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । यो बीचमा २०१३, ६ फेब्रुअरीदेखि २०१६, २७ सेप्टेम्बरसम्म उनी स्टेट बैंक अफ इण्डियाका डाइरेक्टर समेत थिए । यसबाहेक, डा. पटेलसँग इन्फ्रास्ट्रक्चर फाइनान्स, नेशनल हाउजिङ बैंक, मल्टि कमोडिटी एक्सचेञ्ज लगायतमा पनि काम गरेको अनुभव छ ।

सम्पत्ति तथा तलब
रिजर्भ बैंक अफ इण्डियाका २४औँ गभर्नर पटेल मासिक २.५ लाख तलब बुझ्छन् । उनी गभर्नर भइसकेपछि गभर्नरको तलब ९० हजारबाट बढाएर अढाई लाख पुर्याइएको हो । यद्यपि, यो तलब आरबिआईद्धारा नियमन गरिएका कतिपय बैंंकका सीईओहरुको तुलनामा कम रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]