May 25th, 2018

अदालतको फैसला एप्पलको पक्षमा, सामसुङले ५३९ मिलियन डलर जरिवाना तिर्ने

बैंकिङ खबर । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललाई ५३९ मिलियन डलर जरिवाना तिनुपर्ने भएको छ । आफ्नो फिचर्सहरु चोरी गरेको भन्दै एप्पलले सामसुङलाई मुद्धा हालेको थियो । सो मुद्धामा एप्पलको पक्षमा फैसला गर्दै अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति तिर्न सामसुङलाई निर्देशन दिएको हो ।

अदालतको फैसलालाई एप्पलले एक वक्तव्य जारी गरेर स्वागत गरेको छ । यो लडाईं पैसाका लागि नरहेको एप्पलले जनाएको छ । तर सामसुङले भने अदालतको उक्त निर्णयको विरोध जनाएको छ ।

विश्वका दुई ठूला स्मार्टफोन कम्पनीबिच लामो समयदेखि यस विषयमा मुद्दा चलेको थियो । सन् २०११ मा एप्पलले आफ्ना केही ओरिजिनल फिचर सामसुङले चोरी गरेको भन्दै मुद्दा दायर गरेको थियो । स्रोतका अनुसार सुरुमा एप्पलले सामसुङसँग २.५० बिलियन डलर क्षतिपूर्ति माग गरेको थियो । यसमध्ये १.०५ बिलियन अमेरिकी डलर सामसुङबाट उसले हर्जानास्वरूप पाइसकेको छ भने बाँकी रकमका लागि पुनः एप्पलले मुद्दा लड्दै आएको थियो । एजेन्सीहरुको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]