May 25th, 2018

प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा

प्रभु इन्स्योरेन्स लिमिटेडको बिशेष साधारणसभा जेठ १० गते सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ । 

कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वाचित  भएका  छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वाचित गरेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले प्रतिनिधित्व गरेका छन् ।

साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ । 

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउनका लागि ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । कम्पनीले भविष्यमा आफ्ना ग्राहकहरुलाई अझ स्तरीय सेवा दिने तथा सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]