May 25th, 2018

चौतारी लघुवित्त अब १६ जिल्लामा

चौतारी लघुवित्त वित्तीय संस्थाले थप ५ जिल्ला कार्यक्षेत्र विस्तारका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । ५ जिल्ला थप गर्न नेपनल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्थालाई जेठ ९ गते अनुमती प्रदान गरेको हो । 

लघुवित्तले पुर्बी रुकुम, जाजरकोट, पश्चिम रुकुम, सुर्खेत र स्याङ्गजा गरी पाँच जिल्लामा आफ्नो सेवा विस्तार गर्ने अनुमति पाएको लघुवित्तका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए । यससँगै ११ जिल्ला कार्यक्षेत्र रहेको चौतारीको कार्यक्षेत्र १६ जिल्ला पुगेको छ ।

चौतारी लघुवित्तले हाल ११ जिल्लामा ३९ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।  चौतारि लघुवित्त वित्तीय संस्थाले २०७५ बैशाखसम्ममा २४ हजार ७८ ग्राहक सदस्यबाट १९ करोड बचत संकलन गरि ६७ करोड लगानी गरेको छ 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]