May 24th, 2018

प्रभु बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न उक्त वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४को एकीकृत वित्तीय विवरण पनि साधारणसभाले पारित गरको छ । 

साधारणसभामा छलफल तथा निर्णयका लागि प्रस्तुत गरिएको सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदाका बखत लगानतीकर्ताबाट दरखास्त संकलन ९ब्उउष्अिबतयल क्गउउयचतभम द्यथ द्ययिअप ब्mयगलत०गर्ने, कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका निर्णय गरेको छ ।  

साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन ९म्गभ म्ष्ष्निभलअभ ब्गमष्त म्म्ब्०गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्त गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । 

सञ्चालक समितको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका सञ्चालकहरु शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तिलाई पनि साधारणसभाले अनुमोदन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]