May 24th, 2018

नेरुडे लघुवित्तको ‘स्वयम् विकास ब्यबस्थापन तथा उद्यमशीलता नेतृत्व विकास तालिम’ सम्पन्न 

नेरुडे लघुवित्त वितीय संस्था लि.केन्द्रिय कार्यालय बिराटनगरले तिन दिने स्वयम् विकास ब्यबस्थापन तथा उधमशिलता नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । इलाका ४, ५, ६ र ७  अन्र्तगत रहेका कार्यालयहरुका जम्मा २८ जना कार्यालय प्रमुखहरुलाई बुटवल –९मा रहेको एसियन पाटी प्यालेसमा इलाका कार्यालय बुटलवको ब्यबस्थापनमा सम्पन्न तालिममा मुख्य प्रशिक्षक प्रकास कुमार पोख्रेल र सृजना कोइराला रहेका थिए ।

तालिममा नेरुडे लघुवित्तका योजना बिभागका बिभागिय प्रमुख दिनेश कुटुवालले तालिमको माध्यमबाट कर्मचारीहरुमा स्वयम् विकास ब्यबस्थापनको भवना जागृत भई आफ्नो ब्यक्तित्व विकास गरि समाज तथा समुदायमा समेत बिबिन्न जनचेतना मुलक तथा उद्यमशीलता बिकासमा लाग्न सहयोग पुग्ने बताए । साथै अवका दिनहरुमा नेरुडेको माध्यमबाट आफ्नो कार्यक्षेत्र रहेका सदस्यहरुलाई उधमशिल बनाउन बिभिन्न शिपमुलक तालिमहरु, गोष्ठी, सेमिनार र वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्दै जाने पनि उनले जानकारी दिए । तालिमका माध्यमबाट कार्यालय प्रमुखहरुलाई थप उर्जाशील बनाई सदस्यहरुलाई उद्यमशील हुन उत्प्रेरित गर्ने र सफल उद्यमी बन्न आवश्यक सहयोग हुने उनको भनाइ थियो । 

नेरुडेले अवका ३ बर्षभित्र ३४४२ जना सदस्यहरुलाई उद्यमी बनाउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]