May 21st, 2018

सानिमा लाईफ इन्स्योरेन्स र गैर आवासीय नेपाली संघबीच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघवीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा NRNA का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, NRNA का Vice president सपीला राजभण्डारी, NRN NCC Russia का Patron खेमराज लामिछाने लगायतको उपस्थीति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]