May 20th, 2018

१३३९.१९ अंकमा सेयर बजार, कारोबार ३५ करोड नजिक

बैंकिङ खबर । आइतबार सेयर बजार ०.४६ अंकले घटेर १३३९.१९ अंकमा कायम भएको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः १.७८, १९.५५, ०.०२, ११.६४ र ०.३२ अंकले घटेका छन् । विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त समूह क्रमशः १.०३, ०.८४, १९.७६ र ७.९ अंकले बढेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको सात लाख ६९ हजार तीन सय तीन कित्ता सेयर तीन हजार नौ सय ५६ पटक खरिदविक्री हुँदा ३४ करोड ८२ लाख ९८ हजार तीन सय २३ रुपैयाँको कारोबार भएको छ । मिर्मिरे माइक्रोफाइनान्सको दुई करोड, प्रभु इन्स्योरेन्सको डेढ करोड तथा नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र नेपाल बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । सानिमा माई हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, लक्ष्मी बैंक र एनएमबि बैंकको क्रमशः ९८ लाख, ९६ लाख, ९४ लाख, ७९ लाख ९५ हजार र ७९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्का सेयरधनीले क्रमशः १०, ९.९२ र ६.६७ प्रतिशतका दरले कमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, समता माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी, महुली सामुदायिक लघुवित्त, लक्ष्मी बैंक, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ३.५९ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड मोदी हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, नयाँ नेपाल लघुवित्त, मिसन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]