May 18th, 2018

रोजगारी खुलेका बैंकहरु, कुन बैंकको म्याद कहिलेसम्म ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुमा सयौँका लागि रोजगारी खुलिरहेको छ । थुप्रै बैंक तथा वित्तीय संस्थाले विभिन्न पदका लागि अनुभवी तथा फ्रेस कर्मचारी मागेका छन् ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले डेपुटी सीईओ, डेपुटी जनरल मेनेजर, इन्टरर्नर अडिट हेड, लिगल अफिसर, ब्रान्च मेनेजर र एक्जिक्युटिभ सेक्रेटरी पदमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभवी व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद २२ मे अर्थात जेठ ८ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले ९९ जना कर्मचारी मागेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलका ३१ जना र एसिस्टेन्ट लेभलका ६७ जना कर्मचारी मागेको हो । बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद २३ मे अर्थात जेठ ९ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । 
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/12/mega-career-opportunities-9th-may-2018 

नेपाल बैंकले लिमिटेड
नेपाल बैंकले लिमिटेडले  २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं. १ का लागि ४० जना, प्रदेश नं. २ का लागि ४० जना, प्रदेश नं. ३का लागि ४२, प्रदेश नं. ४ का लागि २६, प्रदेश नं. ५ का लागि ४८, प्रदेश नं. ६ का  लागि १३ जना र प्रदेश नं. ७ का लागि १२ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद जेठ १० गतेसम्म रहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले एक जना प्रोजेक्ट फाइनान्स मेनेजर तथा केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट र ब्रान्च मेनेजर मागेको छ । प्रोजेक्ट फाइनान्स मेनेजरका लागि दुई वर्ष, सीएका लागि एक वर्ष र ब्रान्च मेनेजरका लागि चार वर्षको कार्यअनुभव मागिएको छ । शैक्षिक योग्यता प्रोजेक्ट फाइनान्स मेनेजरका लागि स्नातकोत्तर र ब्रान्च मेनेजरका लागि स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । प्राजेक्ट फाइनान्स मेनेजरका लागि सीएले पनि आवेदन दिन सक्नेछन् । उम्मेदवारको उमेर हद पनि तोकिएको छ । सीए र ब्रान्च मेननेजरमा ३५ वर्ष र प्रोजेन्ट फाइनान्स मेनेजरमा ४० वर्षभन्दा कम उमेरका व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद जेठ ९ गतेसम्म रहेको छ । आवेदन इमेलमार्फत दिनुपर्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंकले एक जना फरेक्स एण्ड ट्रेजरी डिपार्टमेन्ट हेड र केही संख्यामा फरेक्स एण्ड ट्रेजरी अफिसर मागेको छ । दुई पदका लागि आवेदन दिन ४० वर्ष उमेर ननाघेको हुनुपर्छ । फरेक्स एण्ड ट्रेजरी डिपार्टमेन्ट हेडका लागि अर्थशास्त्र, व्यवस्थापन एवम् सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको र पाँच वर्षको कार्यअनुभव भएको व्यक्ति मागिएको छ । अफिसरका लागि स्नातक गरेको र तीन वर्षको अनुभव भएको हुनुपर्नेछ । स्नातकोत्तर गरेको लाई प्राथमिकता दिइनेछ । आवेदन दिने म्याद जेठ १८ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.shangrilabank.com/jobs/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]