May 16th, 2018

मोरङको सुन्दर हरैचामा फस्र्ट माइक्रोफाइनान्सको ऋण व्यवस्थापन तालिम सम्पन्न

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ज्ञानेश्वर काठमाडौँले प्रदेश नं १ मा रहेको आफ्ना साझेदार सहकारी संस्थाका ऋण विभाग प्रमुखहरुलाई एक दिवसीय ऋण व्यवस्थापन तालिम प्रदान गरेको छ । सहकारी संस्थाबाट आफ्ना सदस्यहरुलाई गरिने ऋण लगानीलाई व्यवस्थित तथा सुरक्षित तुल्याउने उद्देश्यले जेठ २ गते बुधबार मोरङको सुन्दर हरैचामा आयोजना गरिएको तालिममा झापा, मोरङ र सुनसरी जिल्लाका ३१ सहकारीका ३७ जनाको सहभागीता रहेको थियो ।

उक्त तालिमान धितोमा आधारित ऋण लगानी र ऋण विश्लेषण विषयमा फस्र्ट माइक्रोफाइनान्सका बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानले, धितो मूल्यांकन विषयमा एडभान्स इन्जिनियरिंग कन्सल्टका भ्यालुएटर इन्जिनियर इन्द्रकमल श्रेष्ठले, ऋण लगानी सम्बन्धी कागतजातहरुको स्टाण्डर्ड विषयमा फस्र्ट माइक्रोफाइनान्सका कर्जा प्रशासन प्रमुख ज्ञानेन्द्र वाग्लेले र ऋणको जोखिम व्यवस्थापन विषयमा फस्र्ट माइक्रोफाइनान्सका का.मु. नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले प्रशिक्षण दिएका थिए ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]