May 16th, 2018

बीमाको सम्पूर्ण रकम बैंकिङ प्रणालीमार्फत

बैंकिङ खबर । अब सबै प्रकारको बीमाशूल्कको भुक्तानी बैंकिङ प्रणालीमार्फत हुने भएको छ । बीमा समितिले बीमा शुल्कवापत आउने रकमको भुक्तानी प्वाइण्ट अफ सेल्स(पस) मेशिनमार्फत लिने व्यवस्था गर्न सबै बीमा कम्पनीहरु लाई निर्देशन दिएको छ । समितिद्धारा जारी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७५ को दफा १८ मा बीमा कम्पनीले सबै प्रकारको बीमाशुल्क पस मेशिनमार्फत भुक्तानी लिने व्यवस्था गरिएको छ ।

यो व्यवस्था पूर्ण रुपमा लागू गर्न बीमा कम्पनीहरुलाई आगामी चैत मसान्तसम्मको समय दिइएको छ । जसअनुसार, बीमा कम्पनीहरुले एक लाखभन्दा बढीको बीमाशुल्क स्वीकार गर्दा बैङ्क, वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट भुक्तानी लिने व्यवस्था गर्नुपर्ने छ । साथै, कम्पनीले बीमालेखअन्तर्गत ५० हजारभन्दा बढीको दाबी भुक्तानी सम्बन्धित व्यक्तिको वित्तीय संस्था वा बैङ्कमा रहेको खातामा गर्नुपर्ने पनि उक्त निर्देशनमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]