May 15th, 2018

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको कार्यवाहक अध्यक्षमा गोविन्द प्रसाद ढकाल 

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी गोविन्द प्रसाद ढकालले पाएका छन् । एशोसिएसनको बैशाख २८ गते सम्पन्न १२ औँ साधारणसभामा ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको जानकारी दिइएको हो । ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरु विधान अनुरुप नियुक्त गर्ने क्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको थियो । संस्थाका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई नियुक्त गरिएको जानकारी पनि दिइयो । कार्यवाहक अध्यक्ष ढकाल र महासचिव पोखरेललाई सोमबार (वैशाख ३१ गते)देखि नियुक्ति दिइएको हो । त्यस्तै, कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई वैशाख २८ गतेदेखि नियुक्त गरिएको छ । 

उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचनसम्मको लागि रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]