May 14th, 2018

‘बीमा शिक्षा नहुँदा सर्वसाधारणको चासो बढ्न सकेन’

प्रवीण रमन पराजुली । वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र रिक्स पनि बोकिदिन्छ । एकदमै छोटो रुपमा भन्नु पर्दा भविष्यको सुरक्षाका लागि बीमाको आवश्यकता पर्दछ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन सक्नु हुन्छ ।

बीमा गर्दाका फाइदाहरु
बीमाको फाइदाहरु धेरै छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा गर्यो भने भोली कतै दुर्घटनामा परेको बेलामा उसलाई उपचार खर्चको अभाव हुन पाउँदैन । त्यो रिक्स बीमा कम्पनीले बोकेको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन । बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । अर्को कुरा आज एउटा सानो बच्चाको बीमा गर्ने हो भने पछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । आज गरेको बच्चाको बीमाले भविष्यमा कसरी पढाउने भन्ने कुराको तनाब अविभावकलाई पर्दैन । बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ र कम्पनीले रिक्स पनि बोक्छ । यसर्थ बीमा गर्नुपर्छ ।

बैंक र बीमाबीचको सम्बन्ध
बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा कम्पनीहरुले बचत तथा कर्जाका अलवा रिक्स पनि बोकेको हुन्छ । भविष्यको सुरक्षाका लागी बीमा महत्वपूर्ण छ । बीमाले बैंकमा राखेको पैसा र बैंकबाट लिएको पैसाको समेत सुक्षण गर्ने गरेको छ । यसका लागि  थुप्रै बैंक र बीमा कम्पनीहरुले एकआपसमा सहकार्य गरेर अघि बढिरहेका छन् ।

दाबी भुक्तानीको प्रक्रिया
बीमा दाबी भुक्तानी दिन विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ । दावी भुक्तानीमा प्रक्रिया पुरा गर्न केहि समय लाग्ला त्यसलाई ढिला भएको भन्न मिल्दैन । बीमा गर्ने मान्छेलाई बीमा गर्ने समयमा भुक्तानी कसरी लिने भन्ने विषयमा वास्ता हुँदैन । पछि दावी भुक्तानी कसरी लिने ? के–के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने कुरा पहिले बीमा गर्ने मान्छेले बुझ्न चाहँदैन । पछि जे नहुनु भईसके पछि बीमा दावी भुक्तानी लिने बेलामा चाँडो चाहिन्छ । त्यसबेला बीमा कम्पनीले प्रक्रिया नपुर्यार्ई भुक्तानी दिने कुरा भएन । तर प्रक्रिया पुरा गरेपछि ढिलाई गर्ने भन्ने हुँदैन । यति नै दिनमा भनेर भन्न चाहि म सक्दिन तर प्रक्रिया पुरा भए लगत्तै कम्पनीले भुक्तानी दिन्छ ।

बीमामा पर्याप्त आकर्षण नहुनुका कारणहरु
बीमा अत्यन्त आवश्यक र लाभदायी भए तापनि बीमामा नेपाली नागरिकको पर्याप्त आकर्षण देखिएको छैन । यसको प्रमुख कारण भनेको बीमाको महत्वबारे नबुझ्नु हो । अझै धेरै नागरिकले बीमाको आवश्यकता महशुस गर्न सकेका छ्रैनन् । जसका कारण बीमामा नागरिकको पहुँच अत्यन्तै न्युन छ । बीमाबारे नबुझेर र आवश्यकता महशुस नगरेर बीमाप्रति नागरिकले चासो नदिएका हुन् । बीमाको आवश्यकता महशुस गर्नका लागि बीमाबारे बुझेको हुनुपर्छ । बीमाबारे नबुझेपछि

कसरी नागरिकले बीमाको आवश्यकता महशुस गर्छन् ?
मुलुकमा बीमा चेतनाको अत्यन्तै आवश्यकता छ । बीमा साक्षरता नभएकै कारण यसमा जति चाहिने त्यो मात्रामा आकर्षण देखिएको छैन । बीमामा नागरिकको पहुँच बढाउनका लागि बीमा शिक्षाको आवश्यकता छ । बीमा शिक्षा नागरिकमा पुर्याउन सके बीमामा नागरिकको पहुँच बढ्छ । 

कमजोरी कसको ?
बीमा शिक्षाबारे बुझाउन नसक्नुमा कुनै एक क्षेत्रको मात्रै कमजोरी भन्न मिल्दैन । बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिको यसमा कमजोरी देखिन्छ । अर्कोतर्फ हामी बीमा कम्पनीहरु आफैको समेत कमजोरी छ भने मिडियाहरुको पनि केहि कमजोरी छ । बीमा समिति तथा बीमा कम्पनीहरुले बीमाको बारेमा पर्याप्त चेतना फैलाउन नसकेकै हो । अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । सिधै कार्यालयमा आएर बीमा गर्ने नागरिकको संख्या एकदमै कम छ । यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एजेण्टहरुले राम्रोसँग बुझेको भए राम्रैसँग नागरिकलाई पनि बुझाउलान । अब एजेन्टहरुले आफै राम्रोसँग नबुझेको अवस्थामा कसरी बुझाउन सक्छन् ? बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधाबारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । बीमा कम्पनीको शाखाकै कुरा गर्ने हो भने पनि त्यहाँ सिधै बीमा गर्न आउदैनन् । बीमा अभिकर्ताले बीमा बारे बुझाउन सके यसमा आकर्षण बढ्छ । यसका साथै सबै मिलेर बीमा शिक्षा बुझाउनु पर्छ । 

बीमा क्षेत्रको भविष्य
बीमाको पहुँचमा अत्यन्तै कम मात्रै नागरिक भएको अवस्थामा बीमा कम्पनी थपिएका छन् । यसले बीमाको पहुँच विस्तारमा राम्रै काम गर्नेछ । अब बीमा कम्पनीहरु थपिए पछि के समस्या आउँछ भन्ने चाहिँ सोच्नु हुँदैन । बीमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुनु नराम्रो कुरा होइन । प्रतिष्पर्धाले अझ बलियो बनाउँछ । (रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ पराजुलीसँग गरिएको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]