May 14th, 2018

सातै प्रदेशमा जीवन बीमा कम्पनीको उपस्थिती, कुन प्रदेशमा कति शाखा ?

रेखा चन्द । नेपालमा हाल १८ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीका कुल ९१२ वटा शाखा तथा उपशाखाहरु रहेका छन् । प्रदेशगत आधारमा हेर्दा सबै प्रदेशमा जीवन बीमाको पहुँच पुगेको छ । 

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरु
हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरु निम्नानुसार छन् :

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
राष्ट्रिय बीमा संस्थान
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 

कुन प्रदेशमा कति शाखा ?
जीवन बीमा कम्पनीका कुल शाखा तथा उपशाखाहरुमध्ये, सबैभन्दा धेरै प्रदेश न. ३ मा २१८ वटा र सबैभन्दा कम प्रदेश न. ६ मा ५३ वटा शाखा तथा उपशाखाहरु रहेका छन् । त्यस्तै, प्रदेश न. १ मा १६३ वटा, प्रदेश न. २ मा १३० वटा, प्रदेश न.४ मा ८१ वटा, प्रदेश न. ५ मा १४९ वटा र प्रदेश न. ७ मा ११८ वटा शाखा  तथा उपशाखामार्फत जीवन बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]