May 11th, 2018

एनएमबि माइक्रोफाइनान्सको समीक्षा गोष्ठी सम्पन्न

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले मातहतका शाखा प्रबन्धकहरुको दैनिक कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र फिल्डको कार्यमा दक्ष बनाई भाखा नाघेको कर्जाको जोखिम ब्यवस्थापन गर्नका लागि शाखाहरुको मासिक समीक्षा गर्ने उद्धेश्यले एक दिने शाखा प्रबन्धकहरुको गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले शुक्रवार एक कार्यक्रमको बिच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले हाल लघुवित्तको क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान गर्नका लागि सबैले आ– आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

एक दिने उक्त समिक्षा गोष्ठीमा शाखाहरुको लक्ष्य तथा प्रगतिको समीक्षाका साथै शाखामा देखापरेका समस्या तथा चुनौतीहरु र त्यसका समाधानका उपायहरुको बारेमा समेत छलफल गरियो ।

कार्यक्रममा २२ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले सञ्चालन गरेको उक्त तालिममा वित्तीय संस्थाको सहायक महाप्रबन्धक ईश्वर आत्रेयले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]