fbpx
Sunday , August 19 2018

सिआस्वाबाट कसरी गर्ने सेयर कारोबार ? हेर्नुहोस्, सरल तरिका

May 8, 2018

बैंकिङ खबर । प्राथमिक सेयर निष्काशनमा सिआस्वा प्रणाली अनिवार्य भएको छ । यसको मतलब अब आईपिओ, एफपिओ र हकप्रद सेयर खरिदका लागि आवेदन दिँदा सिआस्वा प्रणालीको प्रयोग गर्नुपर्नेछ । अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणाली आवद्ध गरि एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सिआस्वामा हुन्छ । सिआस्वाले सेयर लगानीकर्ताहरु लाई निकै सहज भएको छ ।

कसरी भर्ने सेयर ?
सिआस्वा प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रुपमा सिआरएन अर्थात सिआस्बा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि तपाईँले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत पनि सेयर आवेदन दिन सकिन्छ । 

आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौज्दात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

शूल्क कति लाग्छ ?
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.