May 7th, 2018

गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायणबाबू लोहनीले हस्ताक्षर गरे ।

सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पुर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाईएको छ । 

विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपुर्ण कार्य रहेको विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]