May 6th, 2018

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा महेन्द्रमान गुरुङ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा महेन्द्रमान गुरुङ  चयन भएका छन् । गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष गुरुङ्ग नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन् । 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]