May 6th, 2018

सेयर बजारको नलेज लिन भृकुटीमण्डपमा आउनुस्   

माधव निर्दोष, इभेन्ट म्यानेजर, क्यापीटल मार्केट एक्स्पो २०१८ – नेपालमा पुँजी बजारको औपचारिक सुरुवात भएको दशकौँ भइसकेको छ । यद्यपि, अझै पनि सेयर बजारको विषयमा नागरिकहरुले पर्याप्त जानकारी पाएका छैनन् । ज्ञानको अभावका कारण सेयर बजारप्रति चासो देखाउने सर्वसाधारणको संख्या केही बढेता पनि सेयर बजारमा आइहाल्न सकेका छैनन् । विद्यालय स्तरदेखि लिएर जागीरे स्तरसम्म कतैपनि सेयर बजारको विषयमा जानकारी दिइँदैन । गाउँगाउँमा त झन् यसलाई महत्व नै दिइँदैन । पछिल्लो समय सहर बजारका केही व्यक्तिहरुले सेयर बजारमा लगानी गर्न थालेका छन् । यद्यपि, उनीहरु आफैँले जानेर लगानी गरेका छैनन् । कमाएको पैसा लगानी गर्ने अन्य क्षेत्र नदेखेर मात्रै सेयरमा लगानी गरेका छन् । कुनै उद्योग व्यवसाय संचालन गरेर जोखिम मोल्न नचाहने केही व्यक्तिहरु सेयर बजारमा लगानी गर्दा पैसा बढ्छ रे भन्ने हल्ला सुनेको भरमा सेयर बजारमा प्रवेश गरिरहेका छन् । यस एक्स्पोमा सूचना प्रर्दशनी मात्रै होइन विभिन्न शेसनमा निरन्तर सेमिनार गोष्ठि र अन्तरक्रिया कार्यक्रम संचालन हुनेछन् । जहाँ सम्बन्धित विज्ञहरुबाट विभिन्न जिज्ञासाको सम्बोधन हुनेछ । मुलुकको समृद्धिका लागि यस्ता खाले बहस एवम् कार्यक्रमहरु अत्यन्तै आवश्यक छन् । अब जनताले पनि राजनीतिक सभामा भाग लिन र राजनीतिक दलहरुको भाषणमा चासो राख्न छोडेर आर्थिक मुद्धातर्फ चासो दिने, बुझ्ने र समृद्धिको बाटोतर्फ अग्रसर हुने कुरामा ढिला गर्नु हुँदैन । 
 
पुँजी बजार प्रदर्शनी एक कोशेढूंगा 
सेयर बजारसम्बन्धी ज्ञानको कमी भएको तथ्यलाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले पुँजी बजार प्रदर्शनी ९ऋबउष्तब िःबचपभत भ्हउय० २०७५ को आयोजना गर्न लागेको छ । आफ्नो रजत जयन्तीको अवसर पारेर धितोपत्र बोर्डले विभिन्न चरणको छलफलपश्चात्  गर्न लागेको यस प्रदर्शनीको व्यबस्थापन संयोजन मिडिया इन्टरनेशनलले गरिरहेको छ । यो प्रदर्शनी सिंगो देशको अर्थतन्त्र र विशेषगरी सेयर बजार क्षेत्रको ठुलो भेगलाई बुझाउने एक ऐतिहासिक कार्यक्रम बन्ने विश्वास लिइएको छ । 

पुँजी बजार प्रदर्शनीको महत्व 
सेयर बजारमा लगानी गर्ने साना तथा ठूला लगानीकर्ताहरुले अहिले यथेष्ठ सूचना नपाइरहेको अवस्था छ । लगानीकर्ताले सेयरमा बुझेर मात्रै लगानी गर्नुपर्ने भन्दै आइए तापनि यस विषयमा जानकारी कहाँबाट कसरी लिने ? भन्ने विषयमा नै अन्यौलता रहेको छ । वैशाख २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको पुँजी बजार प्रदर्शनीले यस विषयमा प्रष्ट पार्नेछ । प्रदर्शनीमा धितोपत्र बोर्डको प्राथमिक बजार, दोस्रो बजार, धितोपत्र ब्रोकर व्यवसायी, मर्चेन्ट व्यबसायी एवम् अन्य सम्बन्धित सेवा सम्बन्धी जानकारी दिइनेछ । त्यस्तै, धितोपत्र सम्बन्धी विविध अध्ययन सामग्रीहरु  निःशूल्क वितरण गरिनेछ । धितोपत्र बजारसम्बन्धी छलफल एवम् लगानी सचेतना अभिवृद्धि कार्यक्रम समेत संचालन गरिँदैछ । प्रदर्शनीमा धितोपत्र खरिदविक्री, मर्चेन्ट बैंकिङ, सेयर ब्रोकर, सामुहिक लगानी कोष, क्रेडिट रेटिङ, निक्षेप सेवा, आस्वा लगायत विभिन्न विषयहरुका बारेमा सम्बन्धीत क्षेत्र तथा संस्थाले नै जानकारी दिनेछन् भने यी विषयमा विभिन्न विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ । एक्स्पोमा सेयर किनबेच गर्ने तरिका मात्रै नभएर कुन क्षेत्र तथा कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ भन्ने विषयमा समेत ज्ञान लिन पाइनेछ । अहिले कम्पनीको बारेमा बुझेर भन्दा पनि सेयर खुलेको छ रे लगानी गर्दिउँ न त भन्ने हिसाबले सेयर किन्ने काम भइरहेको छ । तर, सुरक्षित लगानीका लागि राम्रो कम्पनी छनौट गर्न सक्ने बन्नका लागि यस एक्स्पोमा सहभागी हुनुपर्नेछ । लगानीका लागि कुन कुन कम्पनी राम्रो र किन भन्ने बुझ्नका लागि पुँजी बजार एक्स्पो अवलोकन गर्नु आवश्यक छ ।

बैंकिङ एक्स्पोको रुप विस्तारीत हुँदै 
दुईबर्ष अघिबाट काठमाडौंको भृकुटीमण्डपमा एउटै छानामूनी बैंक, बीमा र पुँजीबजारका बारे सूचना प्रदर्शनी हुँदै आएको छ । बैंकिङ एक्स्पोमा निरन्तर सहकार्य गर्दै आएको नेपाल धितोपत्र बोर्डले क्यापीटल एक्स्पो आयोजना गर्नु आर्थिक सूचना प्रदर्शनीको सक्षम र सफल पाटो हो । यसले यस्ता किसिमका एक्स्पोहरुको आबश्यकता र महत्व बढाउँदै लगेको छ ।  नेपालमै पहिलो पटक हुन लागेको पुँजी बजार प्रदर्शनी एक सराहनीय सुरुवात हो । यसपटक राजधानीमा हुन लागेको यो कार्यक्रम काठमाडौं बाहिर पनि जाने छ । जुन कार्यको इभेन्ट म्यानेजमेन्टको जिम्मेवारी बैंकिङ एक्स्पोको आयोजकका हैसियतले मिडिया इन्टरनेसनलले पाएको छ यो यो विश्वासलाई दरीलो बनाउने र हाम्रो सहकार्यलाई अझ फराकिलो बनाउने कार्यमा निश्चयनै इभेन्ट म्यानेजरका हैसियतले मैले प्रतिबद्धता व्यक्त गर्नैपर्छ । जसरी बैंकिङ एक्स्पो काठमाडौंबाहिर समेत पुगेको छ त्यसैगरी  क्यापीटल एक्स्पो पनि काठमाडौँबाहिरका क्षेत्रहरुमा समेत जाने छ भन्नेमा मैले विश्वास लिएको छु । यो कार्यक्रमले निश्चय नै  सेयर बजारसम्बन्धी जागरण बढाउने छ । सेयर बजारमा लगानी गर्ने र लगानी गर्न चाहनेका लागि यस्ता कार्यक्रम निकै उपयोगी हुनेछन् भन्ने मैले ठानेको छु । (क्यापीटल एक्स्पोका इभेन्ट म्यानेजर माधव निर्दोषसँग बैंकिङ खबरका लागि रुपा कोइरालाले गरेको कुराकानीमा आधारित) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]