May 3rd, 2018

कसकसलाई ल्याए अर्थमन्त्रीले वित्त परिषदमा ?

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तपरिषद्को सदस्यहरूको मनोनयन गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुमित्रा अमात्य, पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी र सहप्राध्यापक डा. शिवराज अधिकार वित्त परिषद्को सदस्यामा मनोनित भएका हुन् । 

तीन जना थप सदस्य मनोनित भएसँगै वित्त परिषद्ले पूर्णता पाएको छ । परिषद्मा सातै प्रदेशका अर्थमन्त्री, प्रदेशले मनोनीत गरेका स्थानीय तहका जनप्रतिनिधि र वित्तविज्ञ गरी २६ सदस्य रहने व्यवस्था छ । परिषद्को अध्यक्षमा सङ्घको अर्थमन्त्री रहने व्यवस्था छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]